काठमाडौं, जेठ २६ – अब नेपालमा पुनर्बीमा दलाल कम्पनी खोल्न बाटो खुलेको छ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका जारी गरेपछि यस्ता कम्पनी स्थापनाको आधार तयार भएको हो ।
बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुबीच मध्यस्थता गर्ने र कतिपय बीमा व्यवसायसम्बद्ध विषयमा परामर्श सेवा दिनेगरी यस्ता कम्पनी खोल्ने तयारी भएको हो । उक्त निर्देशिका जारी भएसँगै अब बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्सका लागि कम्पनीहरुलाई आह्वान गर्ने बताएको छ ।
समितिले देशभित्रै दोस्रो पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निणर्य गरेको केही दिनमै पुनर्बीमा ब्रोकरको लाइसेन्स खोल्ने तयारी थालेको हो । उक्त निर्देशिकाले नेपालीमात्र नभइ विदेशी पुनर्बीमा ब्रोकर कम्पनीलाई समेत नेपालमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्ने बाटो खोलेको छ । यसले पुनर्बीमा ब्रोकरमा पनि नयाँ प्रतिस्पर्धात्मक बजार तयार हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS