काठमाडौं ।सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज(असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।यससँगै, सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीकोे ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत गरी कूल ११.५७८९ प्रतिशत लाभांश पाउने भएका छन् ।
कम्पनीको साधारणसभा भर्च्युअल माध्यममार्फत सम्पन्न भएको थियो ।सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले चालु आर्थिक वर्षमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको जानकारी गराएका छन् ।कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।
FACEBOOK COMMENTS