विरगंज–नेपाल उद्योग वाणिज्य महासंघले चाहेको समृद्ध नेपाल भएको उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताएका छन् ।
विरगञ्जमा भएको महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
समृद्ध नेपालको लागि बजेटले पनि सुनिश्चत गरेको बताउँदै उनले सरकार तथा मन्त्रीको प्रशंसा गरेका छन् ।
उनले प्रधानमन्त्रीले पनि जहाजको कुरा गर्दा धेरैलाई मजाक गरेजस्तो लागे पनि हामी सपना नदेखी सफल हुन नसक्ने बताउका छन् । स्थिर सरकारले सपना देख्नु राम्रो कुरा भएको उनको जिकिर छ ।
सरकारले अब बोल्ने मात्र होइन गरेर देखाउने समय आएको बताएका छन् । सरकारले व्यपारी, उद्योगी र प्राईभेटसेक्टर सबै व्यवसायीलाई कालोबजारीया नसोच्न सरकारलाई आग्रह गरे ।
राजाको पालामा बनेको कालाबजारी ऐन पनि समयनुकुल बनाउन माग गरेका छन् । देशको अर्थतन्त्र निजी क्षेत्रले धानेको भन्दै सरकारले यो क्षेत्रलाई विशेष नजरे हेर्नु पर्ने बताए ।
उनले फरक प्रशगमा प्रजातन्त्रमा देशमा जति पनि संगठन खोल्न पाइने भन्दै चेम्बर महासंघ संग प्रतिस्पर्धा गर्छ भने स्वगत गर्नु पर्ने धारण व्यक्त गरे ।
अर्को संगठन भयो भनेर डराउने होईन आफुमा भएका कमजोरीलाई सबल बनाई संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
महासंघ जस्तो ठुलो संगठनलाई अरु खुल्ने साना संगठनले केहि गर्न नसक्ने तर्क प्रस्तुत गरेका छन् ।
FACEBOOK COMMENTS