काठमाडौं । निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए । राष्ट्रिय सभामा खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा मन्त्री हुनबाट बञ्चित भए ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि ०७६ फागुन २० गते राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री ओलीले पुनस् २१ गते सोही पदका लागि नियुक्त गरेका थिए । तर संवैधानिक व्यवस्था अनुसार सांसद नभएका व्यक्ति ६ महिनाभन्दा मन्त्री हुन नपाउने भएकोले उनले ६ महिना पुग्न एक दिनअघि यही भदौ १९ गते राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीसँगको आत्मियताकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाएका छन् ।
FACEBOOK COMMENTS