काठमाडौं, असोज १३ – बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना पोजेटिभ देखिएको छ।
असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ मै होम आईसोलेसन रहेकी छिन्। अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाको आमा हुन्। सिग्देलको परिवारका सदस्यहरुलाई भने कोरोना देखिएको छैन।
FACEBOOK COMMENTS