काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले वैशाख १२ गते ८ औं वार्षिक साधारणसभा डाकेको छ।
बैंकले साधारणसभामा ४।५ प्रतिशत नगद लाभांस र दुई प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ।
बैंकले चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको ४.५ प्रतिशतबाट हुन आउने १६ करोड ५० लाख रुपैयाँ नगद लाभांसको प्रस्ताव गरेको छ।
बैंकले दुई प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ पुर्याउने भएको छ। बैंकले सहायक कम्पनी स्थापना गरि ब्रोकरको काम गर्ने व्यवस्थाको लागि बैंकको प्रवन्धकपत्र संशोधन गर्ने विशेष प्रस्ताव साधारणभामा लैजाने भएको छ।
राष्ट्र बैंकले सहायक कम्पनी मार्फत ब्रोकरको गर्न खुला गरिसकेको छ। बैंकले सर्वसाधारण समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ।
FACEBOOK COMMENTS