काठमाडौं– नयाँ व्यवस्थापनसँगै सौर्य एयरलाइन्सले तीनवटा नयाँ सिआरजे– ७०० जहाज थप्ने भएको छ।
नयाँ समूहले किनेपछि आक्रामक बजार विस्तारका लागि सौर्यले नयाँ तीनवटा जहाज ल्याउन लागेको हो।
कम्पनीले तीनवटा ७० सिटे जहाज ‘सिआरजे ७००’ ल्याउने प्रकृया अगाडि बढाएको छ।
अहिले कम्पनीसँग ५० सीट भएको सिआरजे–२०० जहाज छ ।
कम्पनीले बिराटनगर, काठमाडौं, नेपालगञ्ज, भद्रपुर, भैरहवा, धनगढी लगायत छ वटा गन्तब्यमा उडान भर्दै आएको छ ।
कम्पनीसँग हाल भएको जहाज ८७ फिट लम्बाई र २० फिट अग्लो यो विमानका पखेटाको क्षेत्र भने ६९ फिट छ।
FACEBOOK COMMENTS