काठमाडौं, चैत २७ – स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।
कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । “हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,” उनले भने ।
स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् । उनले भने, “स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन ।”
FACEBOOK COMMENTS