काठमाडौं, वैशाख ३१ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबचाहिँ जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।
‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं,’ कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने ।
यद्यपि, अघिल्लो दिनसम्म पनि मन्त्री पोखरेल सोही पदमा आसिन थिए । आज पुनः पदभार ग्रहण गरेका उनले अहिलेसम्मचाहिँ सरकार निदाएको स्वीकार गरेर आफ्नो अभिव्यक्ति दिएका छन् । यसबाट उनीहरु यसअघि आफ्नो पद जोगानकै लागि मात्र काम गरिरहेका थिए । उनको यो अभिव्यक्तिबाट जनताप्रति सरकार संवेदनशील छैन भन्ने कुराको स्वयम् पुष्टि भएको छ ।
FACEBOOK COMMENTS