काठमाडौं,फागुन २- सरकारले आगामी असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइसक्ने घोषणा गरेको छ । बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै उक्त घोषाणा गरेकी हुन् ।
मन्त्री मगरले काम राम्ररी अगाडि बढेकाले लक्ष्यभन्दा अगावै आयोजना पूरा हुने दाबी पनि गरिन्। स्वेतपत्र अनुसार मेलम्ची खानेपानी योजनामा हालसम्म योजनाको मुख्य सुरुङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भईसकेको छ । आयोजनाको मुख्य सुरूङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भएका छन्।
सरुङको कार्य ९९.९ प्रतिशत सम्पन्न भएको छ भने विद्युत गृह, ट्रान्सफर्मर क्याभर्न कंक्रिटको कार्य एवं विटा गह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य र टेलरेस सुरूङ्गमा लाईनिङ कार्य सम्पन्न भइसकेको छ।
हेडवक्र्समा वैकल्पिक पाइप जडान तथा सुन्दरीजल सप्लाईर वास वाउट पाइप जडान भएको दोस्रो चरण अन्र्तगत लार्के र याङ्ग्री खोलाको पानी समेत योजनामा मिसाउने उदेश्यले डिपिआर तथा इआईए तयारी कार्य सम्पन्न भएको उल्लेख छ ।
आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
मेलम्ची खानेपानी योजनाको लागि चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा ६ महिनाको अवधीमा ६५ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
FACEBOOK COMMENTS