काठमाडौं – नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ।
चालु आर्थिक वर्ष २०७५–०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का स्विकार गरेको थियो।
अस्पतालले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद छ ।
मृगौलाको डायलिसिसमा हाइड्रोजन परअक्साइड केमिकल्स प्रयोग गरिन्छ।
अस्पताल प्रशासनले भने औषधि आपूर्तिको ठेक्का सकार गर्ने ठेकेदारले आपूर्ति नगरेकाले बाहिरबाट खरिद गर्नुपरेको जनाएको छ । ठेक्का पार्न सप्लायर्सले महँगो औषधि सस्तोमा सकार गरेको अस्पतालको दाबी छ। ठेक्का परेपछि अन्य औषधि आपूर्ति गरिरहे पनि हाइड्रोजन परअक्साइड भने आपूर्ति गरेको छैन।

औषधि व्यवसायीका अनुसार हाइड्रोजन परअक्साइको बजार मूल्य करिब ६ सय रुपैयाँ पर्छ । ६ सय रुपैयाँमा पाइने हाइड्रोजन परअक्साइड अस्पतालको स्टोर शाखाले मूल्य अभिवृद्धि करबाहेक ९ सय चार रुपैयाँमा खरिद गरिरहेको छ। – कान्तिपुर
