मदन तिमल्सेना
तनहुँ साउन १२ – तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ किसानले पहिरो पिडितलाई सहयोग गरेका छन । सांसद श्रेष्ठले व्यास नगरपालिका वडा नम्बर ९ माझफाँटमा गत असार २९ गते गएको पहिरोमा परि घाईते भएका केशरबहादुर थापालाई उपचारको लागि २० हजार सहयोग गरेका हुन । उनले सोमबार पोखराको गण्डकी मेडिकल कलेज पुगी त्यँहा उपचाररत थापालाई सो रकम हस्तान्तरण गरे । उनले पहिरोका कारण परिवारका ४ जना सदस्य गुमाएका थिए ।
त्यस्तै, सांसद श्रेष्ठले मुटु सम्बन्धि गम्भीर समस्याको कारण बिरामी भई गण्डकी मेडिकल कलेजमा उपचाररत व्यास नगरपालिका वडा नम्बर ६ का डिल्लीराज थापाको थापालाई ३० हजार रुपैया आर्थिक सहयोग गरेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
FACEBOOK COMMENTS