काठमाडौं, चैत १०- पच्चीस जना भन्दा बढी मानिस जम्मा हुन नपाउने नियमको उल्ङघन स्वयम सरकारबाट नै भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले गरेको उक्त निर्णयको उलंघन देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै भएको छ ।
संसदीय समितिका बैठकमा होस्र वा आज स्वास्थ्य मन्त्रालयले गरेको आकष्मिक पत्रकार सम्मेलनमै सरकारको नियमको धज्जी उडेको छ । कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले २५ जना भन्दा बढी जम्मा नहुन आदेश दिएको बेला आजै स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ५० भन्दा बढी पत्रकार र २५ भन्दा बढी मन्त्रालयका पदाधीकारीहरुको उपस्थिती रहेको थियो । सरकार बाटै आफूले गरेको निर्णयको पालना हुन सकेको छैन् भने सर्वसाधरण जनताले कसरी यसको पालना गर्छन भनेर विश्वास गर्न सकिन्छ ।
सरकारले महत्वपूर्ण सूचना संप्रेशषका लागि बैकल्पिक उपाय अपनाउनु पर्ने बेला आएको छ भने जनस्तरबाट पनि कोरोना रोकथामका लागि सरकारले गरेको निर्णयलाई साथ दिई असल नागरिकको कर्तव्य निर्वाह गर्ने समय आएको छ ।
FACEBOOK COMMENTS