बसन्त अर्याल
काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारको समस्या समाधान गर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै मन्त्री खतिवडाले अर्थमन्त्रालयले गठन गरेको कार्यदलका सुझावका आधारमा समस्या समाधान हुने बताएका हुन् ।
अर्थतन्त्र सकरात्मक दिशामा रहेका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए । अहिले उत्पादन मुलक क्षेत्रमा लगानी बढ्दा सेयर बजार तलमाथी हुन पुगेको उनले दाबी गरे ।
उनले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्न सुझाव दिए । राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने आफ्नो धारणा रहेको बताए । उनले सरकार पुँजी बजारका विषयमा सजक भएको समेत बताएका छन् ।
सर्वसाधरणको बचतको लागि बैंकजस्तै सेयर बजार रहेको बताए । बैंकबाट पैसा झिकेर सेयरमा लगानी गर्ने होइनकी बाँकी बचत सेयरमा लगानी गर्न लगनीकर्तालाई आग्रह गरे ।
मन्त्री खतिवडाले समितिले कुनै निर्णय लिने भए सेयर बजारका बिज्ञको धारणा लिएर मात्रै निर्णय लिनु पर्ने बताए ।
नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरन्जिवी नेपालले शेयर बजार सुधारका लागि विगतमा पनि थुप्रै काम गरिसकेको बताउँदै अब क्षेत्र विस्तार गर्नुपर्नमा जोड दिए।
गर्भनर नेपालले सेयरकारोबार सबै सर्बसाधरणकोमा पुग्नु पर्ने बताए । यसको लागि बाणिज्य बैंकलाई एजेन्ट बनाउन सकिने औलाए ।
उनले सेयर कारोबार केही सिमित व्यक्तिमा मात्र सिमित रहेकाले बजार विस्तार हुन नसकेको बताए ।
गर्भनरले बैंकको सबैं पैसा सेयरमा लगानी गरे पनि अर्थतन्त्रमा असर पर्ने बताए ।
बैठकमा केहिले बैंकहरुले व्याजदर बढाउँदा सेयर बजारमा लगानी हुन नसकेको बताए । सर्बसाधरणले बैंकले ब्याजदर बढाउँदा सेयर कारोबारमा जोखिम मोल्न छाडेर बैंकमा बचत गर्दा सेयर निरन्तर ओरालो लागेको बताएका थिए ।
FACEBOOK COMMENTS