काठमाडौं । भारतको इन्दौरस्थित शेराटन होटलमा आयोजित ‘एमटेक २०२६’ मा नेपालका ‘टिम गुर्खाज’ ले विश्वविजेता बन्दै इतिहास रचेको छ ।
१२ देशका १२० टोलीबीचको प्रतिस्पर्धामा उत्कृष्ट प्राविधिक दक्षता र नवप्रवर्तन क्षमता प्रस्तुत गर्दै पहिलो स्थान हासिल गर्नु नेपाली इन्जिनियरिङ क्षेत्रका लागि ठूलो उपलब्धि हो ।
टोलीका सदस्य सुजित कुमार दास, निरज कुमार मण्डल विक्रम सापकोटा र दामोदर भट्टले देखाएको समन्वय र दक्षताले नेपाललाई प्राविधिक उत्कृष्टताको विश्व मानचित्रमा उभ्याएको छ ।
यस्तै अन्तर्राष्ट्रिय सेल्स प्रतियोगितामा पनि नेपालले सफलता हात पारेको छ । २२ देशका ३५० भन्दा बढी प्रतिस्पर्धीहरूबीच शैलेन्द्र चन्दले बस विधामा विजयी हुँदै नेपालको व्यवसायिक क्षमता र सेवा दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका छन् ।