काठमाण्डौँ — बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ ।
विभागले बजार अनुगमन गरेर कसुरअनुसारका कारबाही गर्न सुरु गरेसँगै ऐन कार्यान्वयमा आएको हो ।
दसैंपछि भद्रकाली आयल स्टोरलाई दुई लाख रूपैयाँ जरिवाना गरेर ऐन कार्यान्वयन सुरु गरेको विभागले पछिल्लो समय बजार अनुमगनसँगै कारबाही प्रक्रिया तीव्र पारेको छ ।
विभागले चाडपर्व सकिएलगत्तै अनुगमनको कामलाई निरन्तरता दिई कैफियत भेटिएका व्यवसायीले ऐनमा भएको व्यवस्थाअनुसार कारबाही गरेको छ ।
विभागले मंगलबार मात्र दुई वटा खाद्य तथा किराना पसललाई पाँच/पाँच हजार रूपैयाँ जरिवाना गरेको छ ।
अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीस्थलमा राखेको, विलविजक जारी नगरेको र व्यवसाय दर्ता नगरेको फेला परेपछि भक्तपुरको सुनिधि खाद्य स्टोरलाई म्याद नाघेका सामान नष्ट गरी पाँच हजार रूपैयाँ जरिवाना गरिएको हो ।
विभागले ऐनमा भएको व्यवस्था अनुसार जरिवाना गरेको हो ।
यसैगरी विभागले ताहाचलस्थित ताहाचल उपभोक्ता पसलमा चिनीको भ्याट, प्यान विल नभएको, चिनीको खुद्रा मुल्य ७८ रूपैयाँमा बिक्री गरेको तथा म्याद नाघेका सामान बिक्रीस्थलमा राखेको फेला परेपछि पाँच हजार रूपौयाँ जरिवाना गरिएको छ ।
– कारोबार
FACEBOOK COMMENTS