काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ। क्रिकेट समर्थकले आफूलाई मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले स्पेसल एडिसन क्यान सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार विशेष क्यानमा काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका लोगो समावेश गरिएका छन्।
एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ।
क्रिकेटमा समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया जर्सी, झन्डा र हुटिङमार्फत व्यक्त गर्दै आएका छन्। यही भावनालाई जोड्दै एक्स्ट्रीमले टोलीको लोगो अंकित क्यानमार्फत समर्थकलाई आफ्नो रोजाइको टिमसँग जोड्ने प्रयास गरेको हो।
कम्पनीका अनुसार यी विशेष क्यानले एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर बजारसम्म विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। क्रिकेट हेर्दा, साथीभाइसँग खेलको चर्चा गर्दा वा समर्थकबीचको जमघटमा समेत मनपर्ने टोलीको पहिचान झल्काउन यी क्यान उपयोगी हुने कम्पनीको विश्वास छ।

नेपाली क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा युवा पुस्ताको रुचि र खेलप्रतिको आकर्षणलाई जोड्ने उद्देश्यले विशेष क्यान बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिङ्कका विशेष क्यान उपभोक्ताले नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

विशेष क्यानमार्फत क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीको पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्न सक्ने र एनपीएलको रौनकलाई मैदानबाहिर समेत विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।