काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका कर्मचारीको आन्दोलन झन बढन थालेको छ । कम्पनीले आफूहरूलाई अन्याय गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारी अहिले श्रम तथा रोजगार कार्यालय टेकु र दुर सञ्चार प्राधिकरण समेत पुगेका छन् ।
एनसेल कर्मचारी टे«ड युनियनले श्रम तथा रोजगार कार्यालय टेकु र प्राधिकरणमा बोधार्थ गराउँदै कम्पनीले मानसिक यातना दिएको, कोरोना विरुद्धको खोपमा विभ ेद गरेको आरोप लगाएका छन् । त्यही भएर आन्दोलन सुरु गरिएको जनाएका छन् ।कम्पनीले युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेकाले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको कम्पनीको एक कर्मचारीले बताए । उनले भने, ‘यति ठूलो कम्पनीले हामीले अन्याय गर्यो । पहिला पनि चार जना कर्मचारीलाई कारवाही गरियो । अहिले विधि प्रक्रियाको नाममा कर्मचारीलाई सरुवा गरियो ।
युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखियो, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायजम माग पनि सम्बोधन भएनन् । त्यही भएर विरोध गरेका हौं ।’ एनसेलको मुख्यालयमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले डेभलपमेन्ट पोष्टिङका नाममा हुने गरिएको सरुवा बन्द गर्न र कर्मचारीमाथिको अन्यायपूर्ण कारवाही फिर्ता गर्न माग गरिएको छ ।
FACEBOOK COMMENTS