काठमाण्डौँ — निजी क्षेत्रको बुद्ध एयरले आगामी बैशाखदेखि काठमाडौं–कोलकाता–काठमाडौं सीधा उडान गर्ने भएको छ ।
भारत सरकारको स्वामित्वको एयर इण्डियासँग प्रतिस्पर्धा गर्न आन्तरिक उडानमा वर्चस्व जमाउँदै आएको बुद्ध एयरले उडान गर्ने भएको हो ।
भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सीधा उडान भर्दै आएको एयर इण्डियासँग काठमाडौं–कोलकाता–काठमाडौं रुटमा बुद्धले प्रतिस्पर्धा गर्न लागेको छ ।
बुद्धले दुइटा साना तथा नौवटा मझौला विमानबाट पालका १४ वटा आन्तरिक रुटसहित भारतको बनारससमेत १५ वटा गन्तव्यमा उडान भर्दै आएको बुद्धका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS