ब्यवसायमा निकै सफल्ता हासिल गरेका उमेशलाल श्रेष्ठ र राजनीतिमा निकै सफल्ता हासिल गरेका जिबन राम श्रेष्ठ नेपाली खेलकुदको महत्वपूर्ण निकाय ओलम्पिक कमिटि अध्यक्षका लागि एक आर्काका विरुद्ध मैदानमा उत्रेकाछन् । रमाईलो पक्ष यी दुबै जाना परम मित्र पनि हुन् ।
म मेरो र मलाई मात्र भन्ने कुरालाई नेपालि खेल्कुद बाट बिदा गर्ने नारा साथ उमेश लाल मैदानमा छ भने लामो अनुभवको फाईदा उठाउदै जिवन राम ।
नेपाली खेलकुदको महत्वपूर्ण निकाय भएकाले पनि एनओसी निर्वाचनले सबै खेलप्रेमीको ध्यान तानिनु स्वभाविक हो । यस पालिनै १३औं दक्षिण एसियाली खेलकुद (साग) हुनु का कारणले पनि सम्पूर्ण खेलजगतले यो निर्वाचनलाई विशेष रूपमा हेरेको छ ।
कमिटिमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, सहमहासचिव, ३ सचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १९ सदस्यीय कार्यसमिति निर्वाचनले तय गर्नेछ। एनओसीले यसैपालि विधान संशोधन गरी उपाध्यक्षमा १ र सचिव पद थप गरेको हो। मानार्थ अध्यक्ष र उपाध्यक्षको मनोनयन गर्ने परिकल्पनासहित एनओसीको साउन २० को विशेष साधारणसभाले विधान संशोधन गरेको थियो ।
FACEBOOK COMMENTS