काठमाडौं, साउन १३ – काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
FACEBOOK COMMENTS