काठमाडौं,चैत ३- कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरेका सबैमा रिर्पोट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले चीनको बुहानबाट आएका एक जनामा मात्र हालसम्म कोरोना संक्रमण देखिएको जनाएका छ । कोरोना संक्रमण देखिएका व्यक्ति पनि अहिले स्वस्थ रहेका छन् । कोरोनाको त्रासमा अस्पतालहरुमा परीक्षण गर्न आउँने धेरैमा इफ्लुएन्जा र हङकङ फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १५ जनाभन्दा धेरैको नमुना परीक्षण गर्दै आएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा विभिन्न निजी तथा सरकारी अस्पतालहरूले १५ जनासम्मको नमुना पठाउने गरेका छन् ।
कोरोना परीक्षण गरेका ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाले जनाएको छ । अरुको भने अवस्था समान्य नै रहेको छ ।
FACEBOOK COMMENTS