काठमाडौँ — लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ ।
प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक÷पटक आग्रह गर्दै आएको थियो ।
कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो ।
प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत २१ गते बिहीबारदेखि स्थानीय विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम शुरु गरेको छ ।
आयोजनाको प्रस्तावित मार्गबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए ।
FACEBOOK COMMENTS