काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् ।
गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसका ४–४ जना मन्त्री बनेका छन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मन्त्री बन्नेमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे रहेका छन् भने कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङ र रेखा गुरुङ मन्त्री बनेका छन् ।
गण्डकीमा नेपाली काँग्रेस र एमालेको सरकार रहेको छ ।