काठमाडौँ, माघ १६ – गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत बालाजुस्थित सुबुरा इम्पेक्सलाई १५ सय सीसीको भिटारा ब्रेजा गाडी प्रदान गरेको छ।
सुबुरा गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको कम्पनीले जनाएको छ। नेपाल ल्युब आयलका डेपुटी जनरल मेनेजर दिवाकर मिश्रलाई बुधबार सुबुराका प्रोपाइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए।
नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ। यसै सिलसिलामा २०७६/०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किमअन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ।
नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जीईओ तथा डीईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।