काठमाडौं । , सरकारी स्वामित्व समेत रहेको साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडसँग चिनीको मौज्दात सकिएको छ । गत वर्षको दशैका लागि २० हजार मेट्रिकटन चिनी ल्याएको कर्पाेरेशनलाई थप चिनी खरिदको स्वीकृति अर्थ मन्त्रालयले नदिदा स्टक सकिएको हो ।
‘साल्ट ट्रेनिङले २ महिनाअघि देखि नै होलसेललाई चिनी बेच्न बन्द गरेका छ । अहिले प्रतिव्यक्ति २ केजीका दरले खुद्रा विक्री भइरहेको छ, होलसेललाई दिने हो भने त एक घण्टा पनि नपुग्ने परिमाणको चिनी मात्रै बाँकी रहेको साल्ट ट्रेनिङले जनाएको छ ।
चिनी आयातको लागि सरकारले तत्काल अनुमति नदिने हो भने आगामी दशैं तिहार छठ जस्ता महत्वपूर्ण चाड पर्वमा चिनीको हाहाकार हुने र चिनीको भाउ १सय ५० माथि पुग्ने तथ्यांकले जनाउँछ ।
सरकारी कम्पनीसँग चिनीको स्टक सकिएको छ भने निजी उद्योगले पनि आफूसँग भएको १ लाख मेट्रिक टन चिनीको मौज्दात सकिएको बताएका छन् । सबैतिर चिनी सकिएको बताइएको कारण अब दैनिक उपभोगको लागि अभाव हुने संकेत मिलेको छ ।
सरकारले सरकारी स्वामित्वमा सञ्चालित कर्पाेरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा चिनी खरिदको अनुमति दिदैँ आएको थियो । ५० प्रतिसत छुट दिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी आयात गर्न सकेकोन । साल्ट ट्रेनिङले भने आयात गरेर सौलियत दरमा उपभोकतालाई चिनी विक्रि वितरण गर्दै आएको छ । अव पनि अर्थमन्त्रालयले चिनी खरिदको अनुमति नदिनेहो भने कम्पनीसँग भएको चिनी सकिने र बजारमा चिनीको हाहाकार संगै मुल्य बृद्धिहुनुका साथै कालो बजारीले खेल्ने ठाउँ पाउने छ ।
कर्पाेरेशनले दशै अगाडी नै ५० हजार मेट्रिक चिनी आयातको अनुमति माग्दा २० हजारको मात्र स्वीकृति भएपछि कम्पनीले थप ३० हजारको माग गरेको थियो । कर्पाेरेशनले चिनी आयातका लागि माग गरेको करिब एक वर्ष हुँनै लाग्दा थप खरिदको अनुमति पाएको छैन । आपूर्ति मन्त्रालय हुँदै उक्त प्रक्रिया अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।
कर्पाेरेशनले अनुमति मागेको करिब एक वर्षसम्म थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी उद्योगीहरुले मूल्य बढाएका हुन् ।
कर्पाेरेशनले हाल प्रतिकिलो ७७ रुपैयाँ पचास पैसामा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो ९५ देखि एक सय रुपैयाँसम्म चिनी बिक्री वितरण गर्दै आएका छन् ।
FACEBOOK COMMENTS