काठमाडौ, भदौ १८ । शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई विगतको सहयोगलाई निरन्तरता दिदै १० लाख रुपैयाँ सहयोग गरेको छ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका साथ टिच फर नेपाल विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ। हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन्।
साथै, यस बैंकले विगत ७ वर्षदेखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्नवर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ।
सानिमा बैकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन्।