काठमाडौं, भदौ २६। नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले यही भदौ २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ ।
यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनुहुनेछ ।”
रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमापुगी समापन हुनेछ ।
सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबैजनालाई स्योर सट छुट स्वरुप रु.१,००० प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथमहुनेलाई ५०,००० रुपैयाँ त्यस्तै द्वितीय स्थानमा आउनेलाई २५,००० रुपैयाँ र तृतीय स्थानमा रहनेलाई १५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।
FACEBOOK COMMENTS