काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले धितोपत्र बोर्डको पछिल्लो कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले असार १ गते ज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको बारेमा नामसहित प्रकाशित गरेको धारणाप्रति सिविफिनको ध्यानाकर्षण भएको जनाएको छ ।
व्यक्ति एवं समुहबाट सेयर बजारप्रति गराइने होहल्ला तथा अस्वाभाविक चलखेल नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको काम कारबाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व हुने ठहर छ ।
सम्बन्धित संस्थाहरुको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ । संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले काम कारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS