काठमाडौँ — काठमाडौं महानगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ ।
नगरसभाले सभाबाट स्थानीय सरकार सञ्चालनका लागि आवश्यक चारवटा विधेयक स्वीकृत गरेको छ ।
आइतबार राष्ट्रिय सभागृहमा सम्पन्नं नगर सभाले ‘काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ स्वीकृत गरेको हो ।
त्यस्तै सभाबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकमा खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमहरुमा रकमान्तर गर्ने निर्णय गरिएको छ ।
— राजधानी
FACEBOOK COMMENTS