काठमाडौं– नेपाल वायु सेवा निगमको दोस्रो जहाज एयरबस ३३० ‘मकालु’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
निगमको जहाज बिहिबार बिहान विमानस्थलमा अवतरण गरेको हो।विमान ल्याउन निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारसहितको टोली फ्रान्स पुगेको थियो।
निगमले दुर्इवटा वाइडबडी जहाज खरीदका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ।निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा जहाज दुईवटा वाइडबडी जहाज खरिदका लागि सम्झौंता गरेको थियो।
FACEBOOK COMMENTS