काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये चार लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारण्का लागि निष्कासन गरेको ७ करोड ८० लाख २० हजार रुपैयाँको सेयर निष्कासन गरेको छ । आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले सात लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
