काठमाडौं, माघ ८- नेपाल एडुफेयर डटकमको चौथो भर्चुअल शैक्षिक मेला सुरु भएको छ । विगत वर्षमा झैँ यो वर्ष पनि प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरेको हो ।
मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के-कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के-कस्ता विषयको पढाइ हुन्छ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिन्छ ।
पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो।
मेलामा स्नातक तह अध्ययनअध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । र, प्रत्येक वर्ष ‘शिलापत्र उज्ज्वल स्कलर सिप’ अन्तर्गत विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएका छ। यो वर्ष पनि विद्यार्थीलाई स्नातक तहमा नौ वटा विषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, ८ माघदेखि प्रत्येक दिन साँझ ६ देखि ६ः३० बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुनेछ । उक्त कार्यक्रम युथ मोटिभेटर सौनक भट्टले संचालन गर्नेछन् ।
एडु टक कार्यक्रममा प्रत्येक दिन एक जनालाई एउटाभिभो मोबाइल गिफ्ट दिइनेछ । त्यस्तै, ई-सेवाबाट ल्यापटप र लभउबभिमगाबष्च।अयm भिजिट गरेर ई-सेवामा क्लिक गर्ने बित्तिकै ५० रुपैयाँ क्यास ब्याक आउनेछ ।
FACEBOOK COMMENTS