काठमाडौं,माघ २१ – नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ भने खाना पकाउने ग्यासको मूल्यमा २५ रुपियाँ वृद्धि गरेको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य समायोजन गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो।
नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यासको मूल्य अब १ हजार ३ सय ७५ रुपियाँ पुगेको छ।