काठमाडौं, वैशाख २३ – पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३ र चरक मेमोरियल अस्पतालमा १ जना सहित ४ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।
FACEBOOK COMMENTS