काठमाडौं, माघ १२- प्रभु बैंक लिमिटेडले आफ्नो २०५औं शाखा रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले आज एक समारोहका बीच गरेका थिए ।
बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सनोज कुमार यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे ।
बैंककाधकधइ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS