काठमाण्डौँ – बाजुरा जिल्लामा गएको चैत महीनादेखि सञ्चालन भएको स्वास्थ्य बीमा गर्नको उत्साह बढ्दै गएको पाइएको छ ।
सामाजिक सुरक्षा विकास समितिले विसं २०७४ चैतदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म १९ हजार ६०९ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले जानकारी दिए ।
उहाँका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकामा बीमा गर्नेको सङ्ख्या गरेको बताए ।
स्वास्थ्य बीमा असार मसान्तसम्म छ हजार १८२ जना नागरिकले स्वास्थ्य बीमा गराएका हुन् भने साउनदेखि यही पुस ५ गतेसम्म १३ हजार ५०८ जना नयाँ स्वाथ्य बीमा गर्ने नागरिक थपिएको दर्ता अधिकारी रोकायाको भनाइ छ ।
जिल्लामा आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट त्यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गर्न थालेका छन् ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS