काठमाडौं । याङ्गोले आफ्नो याङ्गो डेलिभरी कार्गो सेवा मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री नि:शुल्क ढुवानी गर्न सहयोग गरिरहेको छ।
स्थानीय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सञ्चालन भइरहेको यस पहलमार्फत रसुवा, धादिङ र नुवाकोटका प्रभावित समुदायमा १,००० भन्दा बढी मानिससम्म राहत सामग्री पुर्याउन सहयोग पुगेको छ।
भोटेकोसी बाढीपछि राहत कार्य सुरु भएदेखि नै याङ्गोले आवश्यक ढुवानी सहयोग उपलब्ध गराउँदै आएको छ। राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको छ।
हामी नेपाल, अस्तित्व नेपाल र क्राइसिस कन्नेक्ट नेपाल जस्ता स्थानीय संस्थाहरूलाई काठमाडौंभित्र तथा काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्याउन याङ्गो डेलिभरीले सहयोग गरिरहेको छ।
यस राहत कार्यमा याङ्गोका चालक साझेदारहरू पनि सहभागी भएका छन्। सेप्टेम्बर २ मा याङ्गोका पिm्लट पार्टनर इजी राइड नेपालले आफ्नो स्थानीय समुदायमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा याङ्गोका नेतृत्व टोली, याङ्गो प्रमुख श्री सन्तोष पाण्डे, चालक साझेदार, साझेदार संस्था तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

“कहिलेकाहीँ यस्तो समय आउँछ, जहाँ सामान्य काम र लक्ष्यभन्दा पनि समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। भोटेकोसीको बाढीको खबर आएपछि हामीले कसरी छिटो सहयोग गर्न सक्छौँ भन्नेमा ध्यान केन्द्रित गर्यौँ,” याङ्गो प्रमुख सन्तोष पाण्डेले भने ।
“हामीसँग ठूला सवारीसाधन, चालक साझेदार र दैनिक रूपमा सामान तथा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने नेटवर्क छ। यस्तो अवस्थामा हामीसँग भएको स्रोतलाई राहत कार्यमा खटिएका संस्थासम्म पुर्याएर आवश्यक सहयोग गर्नु नै हाम्रो प्राथमिकता हो।”
राहत सामग्रीको ढुवानीमा सहयोग गर्नुका साथै याङ्गोले आफ्नो डिजिटल प्लेटफर्ममार्फत नागरिकहरूलाई प्रधानमन्त्री रााहत कोषमा प्रत्यक्ष सहयोग गर्न पनि सहज बनाएको छ।
याङ्गो एपमा राखिएको विशेष ब्यानरमार्फत प्रयोगकर्ताहरूलाई प्रधानमन्त्री राहतको आधिकारिक वेबसाइटमा पुर्याइएको थियो, जहाँबाट उनीहरूले राहतसम्बन्धी जानकारी लिन तथा प्रभावित समुदायका लागि सहयोग गर्न सक्ने व्यवस्था गरिएको थियो।