साउन १२ – बिष खाएर उपचार गराउन आएका सप्तरीका पुरुष कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवारका अन्य सदस्य पनि संक्रमित देखिएका छन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– २ का ५० बर्षीय पुरुषमा गत साउन ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । विष खाएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गराइएको थियो ।
सोमबार उनीहरुको नतिजा आउँदा पुरुषको परिवारका ५ जना र सम्पर्कमा आएका गाउँका एक जना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।
पुरुषको परिवारका ४०, २२, ५१, २९ र २७ बर्षीय पुरुष संक्रमित पाइएका छन् । यस्तै, उनको सम्पर्कमा आएका वडा नम्बर ६ का २२ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS