काठमाण्डौँ — बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान थालेलगत्तै सेयर बिक्री गर्दै पब्लिक कम्पनीमा परिणत हुने घोषणा गरेको छ ।
आन्तरिक उडानमा ५१ प्रतिशत हिस्सा ओगट्दै आएको निजी क्षेत्रको बुद्ध एयरले बुधबार यस्तो घोषणा गरेको हो ।
२१ वर्ष प्रवेश गरेको अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले उक्त घोषणा सार्वजनिक गरेका हुन्।
लगानीको मोडल कस्तो हुनेबारे अन्तिम आकार तय भइनसकेको जनाउँदै उनले आन्तरिक उडान (डोमेस्टिक) लाई भने पब्लिक कम्पनीमा नलैजाने समेत बताए।
हाल बुद्धले भारतको बनारस र नेपालका १४ वटा आन्तरिक रुटमा उडान भर्दै आएको छ।

योसँग दुई प्रकारका ११ वटा विमान छन्।
