काठमाण्डौं- विभिन्न उद्योगी व्यवसायीहरुले बैंकको कार्यशैली प्रति आक्रोश पोखेका छन् ।
नेपाल उद्योगवाणिज्य महासंघ र नेपाल आर्थीक पत्रकार समाजले आयोजना गरेको इकोटक कार्यक्रममा व्यवसायीहरुले आक्रोश पोखेका हुन् ।
महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले बैंकले सधै प्रगति गर्ने तर उद्योगी व्यवसायी टाट पल्टिने अवस्था प्रति आर्कोश पोखेका छन् । उनल भने ‘ बैंकले मात्र प्रगति गरेर अर्थतन्त्र टिक्दैन उद्योग व्यवसाय पनि फस्टाउन पर्यो । बैंकले व्यवसायीको व्यजले धेरै नाफा कमाउने तर बैंकबाट ऋण लिने तिनै व्यवसयी टाट पल्टने अवस्था आएको छ ।’
त्यस्तै उक्त अन्तरक्रिया कार्यक्रमा उपस्थीत व्यवसायको साझ गुनासो बैंकले व्यजदर नघटाएको प्रति थियो । उनीहरुले राष्ट्रबैंकले मौदिक नितिमा स्पे्रड दर कम गरेर ल्याएपनि बैंकले व्याज नघटाएको प्रति दुखेसो पोखे ।
कार्यक्रममा गर्भनर चिरनजिबी नेपालले पनि बैंकले व्यजदर घटाउनु पर्नेमा जोड दिए । बैंकहरुलाई विदेशबाट पनि पुँजी ल्यउन सक्ने नीति आईसकेकाले बैंकले व्यजदर घटाउनुको विकल्प नभएको बताए ।
साथै उनले व्यवसायीहरुले नेपालमा खुलेर लगानी नगेको प्रति चासो व्यक्त गरे । उनले नेपाल जस्तो जे बनायो त्यहि बिक्ने ठाउँमा उत्पादन गर्न नसक्नु उद्योगी व्यवसायीको कमजोरी भएको बताए ।
बैंक एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकले अर्बौ लगानी गरेर मात्र थोरै नाफा कमाएको बताए । औषत रुपमा बैंकले १६ प्रतिशत भन्दा बढि नाफा नकमाएको दाबी गरे ।उनले आफुहरु जनताको पैसा व्यवसायीलाई व्याजमा दिएको भन्दै लहडको भरमा नचल्ने बताए ।
FACEBOOK COMMENTS