काठमाण्डौं -संस्कृती,पर्यटन तथा नागरिक उड्डायान मन्त्री रविन्द्र अधिकारीले भ्रमण वर्ष २०२० मा मुख्य पर्यटक भारतीय र चाईनिज हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन सम्बन्धी विषयमा गरेको अन्तरकृया कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले मध्य पूर्वका पर्यटकले खोजे जस्तो सुविधा दिन नसक्ने तर भारतीय र चाईनिज पर्यटकलाई ले चाहे जस्तो वातवरण बनाउन सक्ने बताए ।
उनले भारतीय र चाईनिज पर्यटक माउन्टेन क्याम्बीङ भन्दा धार्मीक र संस्कृतिक कुरामा बढी लोभिने बताए ।
पूर्वधार निर्माण तथा योजना बनाउँदा कस्ता पर्यटक आउँछन् त्यसैअनुसार योजना बनाउनु पर्नेमा जोड दिए ।
नेपाल ,भारत र चाईना मिलेरै एक्सचेन्ज पर्यटकको अवधारण विकास गर्नुपर्ने औलाए । पर्यटन व्यवसाय सबै भन्दा फराकिलो क्षेत्र भएको दाबि गरे । पर्यटन क्षेत्रको लिमिट नहुने उनको धारणा राखे ।
पर्यटन क्षेत्रका मुख्यसमस्या पूर्वधार विकासमा कमि , अव्यवस्थीत शडक तथा हवाई, सरकारी संयत्रको लाचारी रहेको स्वीकार गरे ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विमान स्थाल सुधारको लागि निजी क्षेत्रलाई जिम्मा दिनु पर्ने बताए ।
उनले विकासित देशका ठुल ठुला एयरपोर्ट निजी क्षेत्रले राम्रो संग चलाएकाले नेपालका एयरपोर्टको जिम्मा निजी क्षेत्रलाई दिदा व्यवस्थीत हुने दाबि गरे ।
पर्यटक नेपाल आउँदा खर्च गर्ने कुनै ठाउँ नभएको जिकिर गरे ।
त्यस्तै कार्यकममा पर्यटन क्षेत्रका समस्या र समाधानका विषयमा छलफल भएको छ । बुद्ध सर्किट , पूर्वधार विकासमा जोड , डिउटी फ्री सर्भिस, माउन्टेन्ट क्याम्बीङ, धार्मिक क्षेत्रको प्रचारमा विशेष ध्यान दिनु पर्नेमा वक्ताहरुले मन्त्रीको ध्यान आकर्षित गरे ।
FACEBOOK COMMENTS