काठमाडौं, २५ कार्तिक – तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ। स्रोतका अनुसार हिजो उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको हो।
नेवाः अभियन्ताहरूले मंसिर २ गते आफूले भाइपूजा मनाउने भएको बताउँदै उक्त दिन पनि सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् प्रस्ताव लगेका थिए।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ।
FACEBOOK COMMENTS