काठमाडौं, मंसिर २८ – नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। यही मंसिर २६ गते बसेको साधारणसभाले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्षमा मेखबहादुर थापा, उपाध्यक्ष विजयलाल श्रेष्ठ, पारसमणि ढकाल र कोषाध्यक्ष रमेन्द्र रायमाझी छन्।
सदस्यमा दिपेश वैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन्।
FACEBOOK COMMENTS