उज्वलजंग शाह / सरोज ओझा
महरालाई अन्तिम समयमा किन पुर्पक्षका लागि थुनामा पठाईयो ? यस्तो छ रहस्य ।
पुर्व सभामुख कृष्ण बहादुर महराको मुद्धा झनै पेचिलो र गहन बन्दै जाने संकेत देखिएको छ । पीडित भनेर किटान गरिएकी महिलाले महरा आफ्नो कोठामा नपुगेको र आफू माथि उनीबाट कुनै किसिम दुर्ब्यवहार नभएको साविती वयान दिदादिदै पनि आखिर किन महरालाई कारागार नै पठाईने आदेश भयो भन्ने सवाल अहिले उठेकोछ ।
यस मुद्धामा टड्कारो रुपमा उठिरहेको सवाल भनेको कानुनी ब्यवस्थाले अदालतमा गएर दिएको वयान मात्र साविती वयान मान्ने चलन हुँदा हुँदै यस केशमा साविती बयानले किन मान्यता पाएन भन्ने हो । प्रहरीमा दिएको वयानलाई अदालतले मान्यता दिदैन, त्यसैले प्रत्यक केशमा अदालतले न्यायधीसको अगाडी नै साविती वयान लिने गरिन्छ । तर महराको केसमा आरोप लगाउने महिलाले होईन दबावमा वयान दिन लगाए भन्दा भन्दै किन पुर्पक्षका लगि पठाए भन्ने गम्भीर प्रश्न उठेको छ ।
नेपाल प्रहरीले बनाएको मुद्धालाई सरकारी वकील कार्यालय हुदै अदालतमा मुद्धा दर्ता गरीयो । तर, अपराध आरोपितले आरोप कबुल नगरेको, पीडित बनाएर अदालतमा उपस्थित गराईएकी महिलाले पनि घटना नभएको बयान दिएको र महिलाको कोठाबाट संकलन गरीएको मौजुद सामानले कुनै मेल नखाएको र पुलिसले पेश गरेको भिडियो समेत ईडिट गरिएकोले मुद्धा निकै कमजोर प्रकृतिको रहदा रहदै पनि महरालाई पुर्पक्षका लागि थुनामा पुर्याउने आदेशले कानुनका विज्ञहरु नै चकित भएका छन् ।
संकलन गरीएको मौजुद सामानले कुनै मेल नखाएको र पुलिसले पेश गरेको भिडियो समेत ईडिट गरिएकोले मुद्धा निकै कमजोर प्रकृतिको रहदा रहदै पनि महरालाई पुर्पक्षका लागि थुनामा पुर्याउने आदेशले कानुनका विज्ञहरु नै चकित भएका छन् ।
अधिवत्ता पुष्प पौडेलका अनुसार महराको सवालमा अदालतले अलि बढि नै चासो लिएको आफ्नो बुझाई रहेको बताउछन् । के महरालाई जेल चलान गर्नु उचित थियो त भन्ने हाम्रो प्रश्नमा अधिवत्ता पौडेल भन्छन् ‘पीडितले दिएको किटानी जायरीलाई अदालतले पूर्ण रुपमा स्विकार गर्नु पर्ने वाध्यता रहदैन, यधपी पीडित भनिएकी महिलाले अदालतमा पेश गरेको लिखित निवेदनमा मलाई दवावमा पारेर बयान दिन लगाईयो भनेर साविती समेत दिएको अवस्थामा जेल नै पठाईहाल्नु नपर्ने थियो कि भन्ने हो’ ।
पौडेल मात्र होईन, यति हुदा हुदै पनि महरालाई किन पुर्वपक्षका लागि थुनामा पठाईयो त भन्नेमा न्यायलयका कर्मचारी देखि पुर्व न्याधिसहरुले समेत आश्चर्य ब्यक्त गर्दै आएका छन् ।
के भएको थियो अदालतमा ? लगातार बहस चलिरहेको थियो । महरा साधारण तारीकमा छुटछन भन्ने एक खाले चर्चा कानुनबिद् एबम सरोकारवालामा थियो । उनको परिवारजन पनि यस्तै आँकलन गर्दै थिए । उच्च राजनीतिक तहका नेताले पनि प्रमाण नपुग्ने स्थीतिमा यो घटना स्वत: मत्थर भएर जान्छ अहिले किन किचलो गर्ने भनेर महरा र उनका निकटस्थलाई आश्वासन दिए । तर पुर्प क्षका लागि महरालाई थुनामा पठाउने गरि निर्णय आयो ।
दिनको ४ बजे महान्याधिबक्ताको कार्यालयले चलखेल गर्दै महराको हुर्मत लिने गरि राजनीतिक हस्तक्षप भयो भन्ने आशंका एक थरिले गर्दै आएका छन् । घटनाले नयाँ मोड लिनुमा सरकारको कमजोरीलाई मुख्य कारकका रुपमा लिईएको छ । विशेस गरि सरकारको बढदो अलोकप्रियताले सरकार अत्तालिरहेको अवस्थामा सरकारको कमजोरीलाई ढाक छोप गर्ने गरि महरालाई मोहरा बनाईएको बिश्लेसण पनि गरिएको छ ।
आम नागरिकको ध्यान अन्यत्रै मोडने यत्न स्वरुप सरकारमा हालीमुहाली गरेकाको चलाखीले काम गरेको पनि बताईएको छ । महरालाई जेल पठाउन सकेको खण्डमा आफ्नै दलका ठुला नेतालाई पनि कानुनी दायरामा ल्याउन यो सरकारले कसर बाँकी राखेन भन्ने संदेश दिदै जनताको सेण्टीमेन्टसँग खेल्दै माहौल बनाउन सरकार उद्धत रहेको प्रतिकृया पनि बजारमा सुन्न पाईण्छ । अन्तत ब्यापक आलोचना भोगि रहेको सरकारको बलिको बोको भने महरा बनेको आशंका महरा निकटवर्तीको छ ।
विशेस गरि सरकारको बढदो अलोकप्रियताले सरकार अत्तालिरहेको अवस्थामा सरकारको कमजोरीलाई ढाक छोप गर्ने गरि महरालाई मोहरा बनाईएको बिश्लेसण पनि गरिएको छ ।
प्रधान मन्त्रिकार्यालयमा बसेको उच्च बैठकमा महरालाई छाडीदा आलोचना झनै बढ्ने भन्दै थुनामा पठाउनुनै उत्तम हुने निश्कर्शमा पुगे पछी घटनाले यू टुर्न लिएको केहीको बुझाई छ । अर्कोतर्फ सड्यन्त्रलाई सफल बनाएका तत्वहरुले अगाडि सारेको भर्सन अर्थात अगामि अधिबेसन मार्फत परित नगरि महरालाई बाहिर ल्याउन हुन्न भन्ने दवावले पनि काम गर्यो भन्ने टिका टिप्पणी पार्टि पंक्तिमा छ ।
होईन भने वालुवाटार जग्गा प्रकरणमा मुछिएर र बालिका खडकाले शेरधन राईबाट आफू माथि दुर्ब्यवहार भयो भनेको अवस्थामा पनि पार्टिले उनीहरुलाई काखी च्याप्नु उदेक लाग्दो छ । यो भनेको अोलीको शक्ति र लिडे ढिपीमा प्रचंड समेत अोईलाउनु हो ।
होईन भने वालुवाटार जग्गा प्रकरणमा मुछिएर र बालिका खडकाले शेरधन राईबाट आफू माथि दुर्ब्यवहार भयो भनेको अवस्थामा पनि पार्टिले उनीहरुलाई काखी च्याप्नु उदेक लाग्दो छ ।
पौडेल र राई ले पार्टिलाई दुर्गन्धित बनाउनु सिवाय अरु केही त गरेनन तर पनि यिनकै रजाइ छ देशमा । प्रमले बनाएको मुल्यांकन सुचीमा कम अंक प्राप्त गर्नेले मन्त्री बन्न पाउने तर राम्रो काम गरेको भनेर वाहीवाही कमाएकालाई लज्जास्पद हुने गरि मन्त्रीको जिम्मेवारीबाट हटाईनु विडम्बनापूर्ण रहेको पार्टिका नेता कार्यकर्ताले नै गर्दै आएका छन ।
अर्को तर्फ अहिले दुई तिहाईको दम्भ र घमण्डमा रहेको नेकपाका दुई सुप्रिमोले महराको हेविभेट छवी, उनको चीनसँगको सम्बन्ध, महरा सभामुखमा रहदै गर्दा इन्डो प्यासिफिक स्ट्राटेजीमा पर्ने असर, अाइएन्जिअो र विदेशी दात्री निकायको दवाव झेल्न नसकेर महराको राजनीतिक क्यारियर नै समाप्त्त पार्न कम्मर कसेरै सिद्दयाउने प्रपञ्चमा लागेको ग्राण्ड डिजाईनको गूहय रहस्यको भेद खुल्दै छ ।
यसरि निर्दोष छदाछदै पनि महरालाई थुनामा पठाईयो भने हिउदे अधिबेशन नसकि छुटने अवस्था पनि नरहने र यसवाट कम्तीमा पनि महरा छ महिना जेल बस्ने पक्का पकी हुने देखेरै चलखेल भएको चर्चा चुलिदो छ । यस घटनासंगै स्वयम सरकारमा बस्ने मन्त्रीहरु नै पार्टि नेत्रित्वोको रवैया देखेर अचम्मित बन्दै आएको बुझ्नमा आएको छ ।
FACEBOOK COMMENTS