काठमाडौं, साउन ३१ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमास सम्ममा ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४५ करोड २१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ७७ दशमलव ७७ प्रतिशतले बढेको हो ।
अधिल्लो आवमा कुल कर्जाको ३ दशमलव ८८ प्रतिशत खराब कर्जा रहेको महालक्ष्मीको गत आवमा आईपुग्दा २ दशमलव ५४ प्रतिशतमा झरेको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने रिर्जब कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ ।
बैंकले असार मसान्तसम्ममा ३० अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । अघिल्लो आवमा बैंकले २६ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । नियामक निकायको अनुसार बैंकले सेयरधनीलाई ७२ करोड रुपैयाँ लाभांश बाड्न मिल्ने छ ।
हाल बैंकको स्प्रेड ४ दशमलव ७७ प्रतिशत छ भने बेसरेट ११ दशमलव २५ प्रतिशत छ ।
FACEBOOK COMMENTS