काठमाडौँ, फागुन २१ – यस महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । बैंककोे आर्थिक वर्ष २०७६/७७ को वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई यही फागुन २० गते बसेको सञ्चालक समितिको ४७८ औ बैठक लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गरिने भएको छ ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भइसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।
FACEBOOK COMMENTS