झापा — इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) सेवा दिवा र रात्रि सञ्चालनका लागि चन्द्रगढी विमानस्थलमा निर्माण कार्य धमाधम भइरहेको छ ।
चन्द्रगढीमा गत जुलाईदेखि आइएफआर सेवा सञ्चालनमा छ ।
आइएफआर सेवा डे–नाइट सञ्चालनका लागि विमानस्थलमा अहिले बत्ती जडान भइरहेको छ । ‘
हामी माघ अन्तिम सातादेखि नाइट आइएफआर सेवा सुरु गर्ने गरी काम गरिरहेका छौं,’ चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताए ।
चन्द्रगढीका लागि बुद्ध र यति एयरलायन्सले आइएफआर सेवाका लागि अनुमति लिइसकेका छन् ।
विमानस्थलमा उडान भर्दै आएका श्री, सौर्य र नेपाल एयरलायन्स आइएफआर सेवाका लागि अनुमति लिने प्रक्रियामा रहेको चुडालले बताए ।
विमानस्थलमा स्याटेलाइट बेस्ट डे आइएफआर पनि सुरु भइसकेको चुडालले जानकारी दिए ।
FACEBOOK COMMENTS