अन्जनराज न्यौपाने
तनहुँ, १४ भाद्र – जिल्लाको प्रवेशद्वार मानिने आबुँखैरेनीगाउँ पालिका–४, पुल्जिप भन्ने स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।जसको अवलोकन तथा निरीक्षण गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले शनिबार गरेका छन्।निरीक्षणका क्रममा बोल्दै मन्त्री चुमानले अस्थायी प्रहरी पोष्ट स्थापनाले प्रदेशकै शान्तिसुरक्षा र लागू औंषध ओसारपसार नियन्त्रणमा मद्दत पुग्ने बताए ।
यस्तै निरीक्षणका क्रममा बोल्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख -प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले विभिन्न अपराध र अपराध जन्य गतिविधि नियन्त्रण गराउन यस पोष्टले उच्च भुमिका निर्वाह गर्न र सुरक्षा संवेदनशीलतालाई थप मंजबुत गराउन सफल रहनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख -सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेल आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, लगाएतले अस्थायी भए पनि पोष्ट स्थापना हुदा अबैधरुपमा भित्रिने मालसामान , लागूऔंषध , चोरीपैठारीका मालसामान जिल्लामा मात्रै नभई समग्र गण्डकी प्रदेशमै भित्रन नपाउँदा शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारी रहनेमा जोड दिएका थिए।
FACEBOOK COMMENTS