काठमाण्डौँ — काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।
कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ ।
त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ ।
दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ ।
पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ ।
यो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो ।
दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS